Logo

धैर्यवान हुनु मानिसको सबैभन्दा राम्रो विशेषता



काठमाडौं, २७ बैशाख । कोभिड–१९ को महामारीको कठिन समयमा पनि हाम्रो जीवनमा सफलता ल्याउन कोशिश गर्नुपर्छ । सधै आशावादी हुनुपर्छ । धैर्यता कायम राख्नुपर्छ ।

हाम्रो जिन्दगी रोकिदैन र समय सधै बदलिरहन्छ । यसकारण पनि आफ्नो मानसिक सन्तुलन बनाइराख्नु पर्छ । दिमाख बलियो बनाएर कठिन समयमा धैर्यको साथ सामना गर्नूपर्छ ।

हामी सधै हामी सफल हँुदैनौ भन्ने कुरा पनि याद राखेर जीवनमा आउने दुःख र दुःखको सामना शान्तिपुर्वक गर्नुपर्छ । धैर्य हुनु सरल काम नभएपनि धैर्यवान हुनु राम्रो विशेषता हो । धैर्यवान भएमा फल प्राप्त हुने विश्वास पनि रहेको छ ।

प्रत्येक व्यक्ति आफ्नो दिनचर्याको अनुसार आफ्नो लक्ष्यमा हिडेको हुन्छ र सफलता पनि प्राप्त गर्छ । मेहेनतले नै गन्तब्यसम्म लैजाने सम्भावना बढाउछ । जीवनको कटिन परिस्थितीमा पनि सन्तुलन कायम राखेर आफ्नो मार्गबाट विचलित नहुनु नै धैर्यको पहिचान हो । यदि कुनै कारणवस धैर्यता हराएको परिस्थितीमा कुनै परिर्वतन आउदैन तर हाम्रो विवेक र जीवन अवश्य प्रभावित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्