Logo

‘तीन वर्ष नपुग्दै प्रधानमन्त्रीकै कारण विश्वासको मत लिने अवस्था आएको हो’ : देउवा (भिडिओसहित)



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कारणले गर्दा आज तीन वर्ष नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थामा आएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि वर्तमान सरकार जिम्मेवार नबनेको पनि आरोप लगाए । उनले सरकारले बेलैमा गर्नुपर्ने कामहरु नगरेको कारण आज देश कोरोनाले भयावह अवस्थामा पुगेको पनि टिप्पणी गरेका छन् । कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भैसकेको उल्लेख गर्दै उनले यस्तो महामारीमा पनि औषधीमा भ्रष्टाचार गर्न खोज्नु महाअपराध भएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्