Logo

ट्विटर पछि इन्स्टाग्रामले पनि कंगनालाई एक्सन लियो



एजेन्सी, २७ बैशाख । बलिउड अभिनेत्री कंगना रनौट सामाजिक संजालमा निकै सक्रिय छिन् । सामाजिक सञ्जाल ट्विटरले कंगनाले अनावश्यक पोस्ट गरेको कारण एकाउन्ट नै सस्पेन्ड गरीदिएको छ । उनले पछिल्लो समयमा बंगाल चुनावको विषयमा आपत्तीजनक टिप्पणी गरेको आरोपप्रति एक्सन लिदै स्थायी रुपमा एकाउन्ट बन्द भएको हो ।

ट्विटर एकाउन्ट बन्द भएपछि उनले इन्स्टाग्राममा एक पोस्ट गरेकी थिइन् । उनको त्यो पोस्ट पनि इन्स्टाग्रामले डिलिट गरिदिएको छ । कंगनाले पोस्टमा कोभिड संक्रमित भएको र त्यो सामान्य फ्लु भएको बताएकी थिइन् । सोही पोस्टले विवाद मुछिएपछि इन्स्टाग्रामले पनि यस्तो कदम उठाएको हो ।

केही दिन अगाडी पोस्ट गरको तस्वीरमा कंगनाले थकान र कमजोरी महसुस गरेको देखिन्छ । उनले हिमाञ्चलमा जाँच गराउदा आफु कोविड पोजेटिभ भएको रिपोर्ट आएको जानकारी पनि दिएकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस्