Logo

देउवा, प्रचण्ड र उपेन्द्रको अपिल : धारा ७६ को २ बमोजिम सरकार गठनको आह्वान होस



काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन असफल भएका छन् । आज भएको मतदानमा उनको पक्षमा जम्मा ९३ मात्रै मत खसेको थियो । प्रस्तावको विपक्षमा भने १२४ मत खसेको थियो । तटस्थमा भने १५ मत खसेको थियो ।

यो सँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । संसद् बैठकलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो । चारजना नेताहरुको छलफलपछि देउवा, प्रचण्ड र यादवले अब धारा ७६ को २ बमोजिम नयाँ सरकार गठनको लागि राष्टरूपतिले आह्वान गर्नुपर्ने बताएका छन् । Photo : Mukunda Kalikote/ReportersNepal

 

 



प्रतिक्रिया दिनुहोस्