Logo

ग्राहकहरुका लागि लुमिनसले ल्यायो टेलि टेक्निसियन सेवा



काठमाडौं, २७ बैशाख । लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रा लीले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय सामान र बिक्रीपश्चातका सेवाहरु उपलब्ध गर्दै आएको छ ।

ग्राहकहरुले लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्री खरिद गरे पछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा पनि प्रदान गर्दै आएको छ ।

अमट्रेड प्रा लिका सह–महाप्रबन्धक योगराज ढुङ्गानाका अनुसार कम्पनि सधै आफ्नो ग्राहकहरुका लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्न तत्पर रहेको र अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्रीपश्चातका सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवाको सुरुवात गरेको जानकारी दिए ।

ढुङ्गानाका अनुसार यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन कल वा WhatsApp मार्फत आफ्नो समस्याको भिडियो रेकर्ड गरि ९८०२००२५६६ मा पठाइ सुझाव तथा परामर्श लिन साकिन समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्