Logo

कोरोना महामारीलाई ध्यानमा राखेर पौडेलको अगुवाईमा काठमाडौंमा अस्पताल चलाउने तयारी, सहयोगको लागि अपिल



काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलको नेतृत्वमा कोरोना महामारीको विपत्तलाई ध्यानमा राखेर काठमाडौंमा ४० शैय्याको आईसियु र तीन सय शैय्याको आईसोलेशन बेडसहितको हस्पिटल चलाउने तयारी भएको छ । कोरोना महामारीको विपतको समयमा भोग्नुपरेको संकटलाई न्यूनीकरण गर्न र आम जनतालाई सहयोग गर्नको लागि आफूहरुले यसरी अस्पताल चलाउने तयारी गरेको नेता पौडेलले जनाएका छन ।

त्यसको लागि उनले आज सामाजिक सञ्जाल फेशबुकमार्फत सहयोगको लागि अपिलसमेत गरेका छन् । त्यसको लागि उनले तत्कालै ८० वटा सिलिण्डर र चार सय वटा थप आपत्कालीन अवस्थाका लागि सिलिण्डपनि खोजिरहेको पौडेलले जनाएका छन् । उनले लेखेका छन्,”कहीँ कतैबाट सहयोग भएको अवस्थामा तत्कालै हस्पिटल सञ्चालन गरी सेवा प्रदान गर्न सक्दथ्यौं ।” उनले सामूहिक प्रयत्नबाट नै विपत्को हल गर्न सकिने विश्वास व्यक्त गर्दै सकेको सहयोग गरिदिन अनुरोध गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्