Logo

ज्वरो आउँदा धामीको शरण



जाजरकोट, २८ वैशाख: गाउँघरमा बिरामी हुँदा अस्पतालभन्दा पहिला धामीझाँक्री कहाँ पुगेर देखाउने चलन कायमै छ । देवीदेवताको आँखा लागेर बिरामी भएको भन्दै धामीलाई देखाउने चलनले कोरोना बढ्न थप मद्दत गरेको छ । स्थानीय तहका मुकाममा मात्र सामाजिक दूरी तथा स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गरे पनि गाउँमा त्यस्तो कुनै पालना नभएको पाइएको छ ।

मुकामकै भित्री भागमा जुवातास

निषेधाज्ञा भएको समयमा सबै फुर्सदमा हुँदा सदरमुकामका भित्री भागमा जुवातास खेल्नेको सङ्ख्या बढेको छ । मन मिल्ने साथीहरु जम्मा भएर तास खेल्दै समय बिताउने गरेको पाइएको हो । अघिल्लो वर्ष मात्र जुवातास खेलिरहेको ठाउँबाट धेरैलाई कोरोना लागेको थियो । अहिले पनि थाप्ले, माथिल्लो थाप्ले र पिपलडाँडालगायतका ठाउँमा भित्रीरूपमा जुवातास खेल्ने काम भएको बताइन्छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्