Logo

देउवाको नेतृत्वमा सरकार बनाउँछौं, हामीसँग बहुमत पुग्छ : राजेन्द्र श्रेष्ठ (भिडिओसहित)



काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता राजेन्द्र श्रेष्ठले अब ७६ को २ अनुसार नै सरकार बन्ने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफूहरु मिल्दा नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले वैकल्पिक सरकार निर्माण गर्न आफूहरु सक्षम रहेको पनि सुनाए । पार्टी एकता कायम राख्नको लागि नै हिजो जसपाका सांसदहरुले विश्वसको मतको विपक्ष र तटस्थमा बसेको पनि उनको दाबी छ । उनले सांसदहरुले विवेकको मत प्रयोग गर्न पाउने भएकोले सोहीअनुसार अघि बढेको विश्वास दिलाए । उनले जसपाका सबै सांसदहरु एकमत भएर वैकल्पिक सरकार बनाउनको लागि उभिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्