Logo

रिलायबल नेपाल लाइफको खुद नाफा २० करोड ३४ लाख



काठमाडौं, २८ बैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत वर्षको तुलनामा ९१ प्रतिशतले बढाएर बीमाशुल्क २ अर्ब ३२ करोड भन्दा बढी आम्दानी गरेको छ ।

गत वर्ष सोही अवधिमा १ अर्ब २१ करोड ५६ लाख ७३ हजार मात्र बीमाशुल्क आम्दानी गरेको थियो । त्यस्तै, कम्पनीले चालु आवमा २२ प्रतिशतले आम्दानी पनि बढाएको छ । गत वर्षको तुलनामा ४ करोड रुपैयाँले आम्दानी बढाएर २४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले यो चालु आवमा २० करोड ३४ लाख खुद नाफा गरेको छ । २१ दशमलव ८० प्रतिशतले खुद नाफा बृद्वि भएको छ ।

यसैगरी, कम्पनीले गत वर्षको तुलनामा यो वर्ष जगेडा कोष पनि ३७ दशमलव ७७ प्रतिशतले बढाएर ८२ करोड ३२ लाख रुपैयाँ कामय गरेको विवरणमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्