Logo

राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्ने



काठमाडौं, २८ बैशाख । राष्ट्रिय वाणिज्य बैंकलाई धितोपत्र बोर्डले ऋणपत्र विक्रि गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिकित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड बराबरको इकाई ऋणपत्र विक्रि गर्न अनुमति दिएको हो ।

कुल २५ लाख इकाईमध्ये १५ लाख इकाई ऋणपत्र बैंक आफैले संस्थाहरुलाई र १० लाख इकाई ऋणपत्र सर्वसाधारणको लागि विक्रि खुल्ला गर्ने जनाएको छ ।
बैंकले ऋणपत्र बिक्रि तथा प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । आरबीबीएल डिबेन्चर २०८३ नामको यस ऋणपत्रको अवधि ६ वर्ष हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot