Logo

पाँच करोडको लागतमा भवन



वाग्मती, २८ वैशाख: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा–४ हुप्राचौरमा वडा प्रहरी कार्यालयको भवन निर्माण शुरु भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको चालु आर्थिक वर्ष २०७७/७८ मा रु ४० लाख ७४ हजार लागतमा भवन निर्माण शुरु भएको हो ।

यस वर्षदेखि भवन निमार्ण शुरु गरिएको भए पनि रु पाँच करोड ६० लाखको लागतमा पाँचतले भवन निमार्ण गरिने योजना छ । बाँकी रकम आगामी वर्ष पनि बजेट थप गरेर निमार्ण सम्पन्न गरिने बताइएको छ । आम नागरिकको सुरक्षा गर्ने प्रहरीलाई भाडाको घरमा राख्न हुन्न भनेर नगर विकासको नाममा रहेको जग्गा सहयोग गरेर मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण शुरु भएको नगरप्रमुख हरिबहादुर महतले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot