Logo

नेपाल इन्स्योरेन्सको खुद नाफा १७ करोड



काठमाडौं, २८ बैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको नेपाल इन्स्योरेन्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले गत वर्षको तुलनामा २६.८८ प्रतिशतले बढाएर १७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आवको सोही अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । त्यस्तै, यो वर्ष कम्पनीको खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

१ अर्ब १५ करोड ३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित गर्न सफल भएको छ ।
हालसम्म १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क कम्पनीले संकलन गरेको छ ।
कम्पनीले ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्