Logo

लकडाउन उल्लंघन गरेको आरोपमा पुर्व सांसद पप्पु यादव पक्राउ



एजेन्सी, २८ बैशाख । बिहारका पुर्व सांसद तथा जन अधिकार पार्टीका प्रमुख पप्पु यादव पक्राउ परेका छन् । यादवलाई सांसद कोषबाट एम्बुलेन्स खरिद गरेको र बिना प्रयोग थन्काएर राखेको आरोपमा बिहारको प्रहरीले पक्राउ गरेको हो ।

पप्पुलाई मंगलबार बिहानै प्रहरीले पटनास्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो । पप्पुमाथि बिहारमा लकडाउनको उल्लंघन गरेको आरोप पनि लागेको छ । पप्पु यादव पास नबोकी मगलबार बिहानै पिएमसीएचको कोभिड वार्डमा घुसेका थिए । हिरासतमा लिएपछि उनलाई पटनाको बृद्व कोलोनी प्रहरी कार्यालयमा राखिएको छ ।

बिहारका सांसद पप्पुमाथि एकै ठाउँमा दुई दर्जन भन्दा बढी एम्बुलेन्स बिना प्रयोग राखेको आरोप लागेको छ । सबै एम्बुलेन्स खरिद लोकसभा सांसद राजीव प्रताप रुडीको कोषबाट भएको बेवदुनियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्