Logo

सोनु निगमले किन दिए यस्तो जवाफ ?



एजेन्सी, २८ बैशाख । भारतका चर्चित गायक सोनु निगम सामाजिक सञ्जालमा धेरै सक्रिय छन् । उनले केही दिन अगाडी तस्वीरसँगै भिडियो शेयर गरेपछि उनीमाथि गालीको वर्षा भएको छ ।

सोनुले रक्तदान गरेको भिडियोमा मास्क भने लगाएका थिएनन् । मास्क नलगाएको भन्दै इन्स्टाग्राममा उनलाई गालीको वर्षा भएको हो । धेरै युजरले उनलाई गाली गरेका छन् । अनावश्यक गालीको सिकार भएपछि सोनुले पनि जवाफ दिएका छन् । आपत्तीजनक शब्द प्रयोग गर्दै सोनुले लेखेका छन्, ‘यहाँ जो आइस्टाइन बनिरहेको छ उस्लाइर्, मलाई पनि तिम्रै भाषामा जवाफ दिन आउछ, जसको लायक तिमी हौ । साले उल्लुको पट्टो, रक्तदान गर्दा मास्क लगाउन दिइदैन ।’

सोनुले मुंबईको जुहुमा रक्तदान डोनेशन क्याम्पको उद्घाटन गरेका थिए । उनले खोप नलगाएकाहरुलाई रक्तदान गर्न अपिलसमेत गरेका थिए । उनी कोरोना संक्रमितको अक्सिजन र अस्पतालमा बेड्सको व्यवस्थापनमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्