Logo

अमेरिकी राजदूत बेरीले दिए आमाको मुख हेर्ने दिनको शुभकामना



काठमाडौं, २८ वैशाख । अमेरिकी राजदूत रेण्डी वेरीले आमाको मुख हेर्ने दिनको शुभकामना दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन् ।

आमाको मुख हेर्ने दिनको शुभकामना दिदै बेरीले ९ लाख गर्भवती तथा २ वर्षमुनिका केटाकेटी भएका आमाहरुलाई आफू र आफ्नो परिवारलाई स्वास्थ्य र पोषित राख्ने विषयमा सहयोग गर्दै आएको जानकारी समेत दिएका छन् ।

बेरीले ट्वीटरमा लेखेका छन्ः आमाको मुख हेर्ने दिनको शुभकामना। यो अवसरमा हामीले सुआहरा २ कार्यक्रममार्फत नेपालका विभिन्न भागमा झन्डै ९ लाख गर्भवती तथा २ बर्षमुनिका केटाकेटी भएका आमाहरूलाई आफू र आफ्नो परिवारलाई कसरी स्वस्थ्य र पोषित राख्ने भन्ने विषयमा विभिन्न सहयोग गर्दै आएको सगौरव स्मरण गराउन चाहन्छु।



प्रतिक्रिया दिनुहोस्