Logo

कोरोना खोपले कसरी काम गर्छ ?



एजेन्सी, २८ बैशाख । कोरोना महामारी नियन्त्रणको लागि विभिन्न प्रयासहरु भइरहेका छन् तर प्रयासहरुले खासै काम गरेको देखिदैन । सबैको मनमा कोरोना खोपले कसरी काम गर्छ भन्ने जिज्ञासा मेटाउने प्रयास गर्नेछौ ।

खोप के हो ?
खोपले शरीरमा कुनै प्रकारको रोग, भाइरस वा संक्रमणसँग लड्नको लागि तयारी गराउछ । खोपमा कुनै जीवको केही कमजोर वा निष्क्रिय अंश हुन्छ । जो बिरामीको कारण बन्छ ।
यसले शरीरमा प्रतिरक्षा प्रणालीलाई संक्रमण (आक्रमणकारी भाइरस) पहिचान गर्न प्रेरित गर्छ र उहीविरुद्व शरीरमा एन्टीबडी बनाउछ, जसले बाहीरी हमलाबाट लड्न हाम्रो शरीरलाई मद्दत गर्छ ।

खोप लगाउदा मानिसलाई शरीरमा हल्का ज्वरो आउछ । यस्ले सामान्य प्रभाव पार्छ । खोप लगाएको केही समयपछि नै रोगसँग लड्ने क्षमता विकास गर्न थाल्छ । अमेरिकाको सेन्टर अफ डिजीजले खोप धेरै शक्तिशाली हुने बताएको छ । यसले रोगको उपचार नगरेपनि संक्रमण हुनबाट भने बचाउने सेन्टरको भनाई छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार खोपबाट प्रत्येक वर्ष २० देखि ३० लाख मानिसहरुको ज्यान बचेको छ । फाइजर–बायोएनटेक र मार्डनाको कोभिड खोप हुन् । दुवै मैसैन्जर आरएनए खोप हुन् । यीनीहरुको निर्माण गर्दा भाइरसको अनुवांशिक कोडको एक भागको उपयोग गरिएको हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्