Logo

महेश बस्नेतको टिप्पणी : प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले ७१ वर्षपछि कक्युनिष्टहरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन देखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले प्रचण्डमात्रै नभएर माधव नेपालको भूमिकाको पनि आलोचना गरेका छन् । उनले नेता नेपाल जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार भएको भन्दै उनीहरुको विधि र अनुशासन पनि देखिएको भन्दै कडा आलोचना गरेका छन् । त्यस्तै, उनले अब विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरुको नौटंकी फेरि देखिन थालेको पनि बताएका छन् ।

१) ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्ड हरुको क्रान्तिकारीपन पनि देखियो।

२) जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन पनि देखियो।

३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।

४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो।

५) आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनी देखियो।

६) राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं।

७) श्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आबास्यक प्रतिरोध गरौं।



प्रतिक्रिया दिनुहोस्