Logo

रुसमा बन्दुकधारीद्वारा विद्यालयमा आक्रमण, बालबालिकासहित ११ को मृत्यु (भिडियोसहित)



एजेन्सी, २८ वैशाख । रुसको एक विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । टटारस्टन क्षेत्रको कजानस्थित विद्यालयमा बन्दुकधारीले आक्रमण गर्दा हताहती भएको हो ।

बीबीसीले मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको छ । रुसी समाचार संस्था तासले ८ बालबालिका र एक शिक्षक गरी ९ जनाको मृत्यु पुष्टि गरेको छ । घटनामा ३२ भन्दा बढी घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको छ ।

बन्दुकधारीले आक्रमण गर्दाको समयमा विद्यालयमा ७१४ विद्यार्थी र ५२ शिक्षकसहित ७० कर्मचारी थिए । घटनामा दुईजना बन्दुकधारी संलग्न रहेको बताइएको छ ।
रुसी प्रहरीले १७ वर्षीय युवकलाई नियन्त्रणमा लिएको र अर्का एकजना भवनमै रहेको तासले जनाएको छ । आक्रमणका क्रममा विद्यार्थीहरु झ्यालबाट निस्किएका थिए ।-तस्बिर स्रोतः तास



प्रतिक्रिया दिनुहोस्