Logo

हेरोइन मुद्दाका फरार प्रतिवादी पक्राउ



झापा, २८ बैशाख । हेरोइन मुद्दाका फरार प्रतिवादी एकजना पक्राउ परेका छन् । लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० घर भएका २७ वर्षीय हर्क बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोईन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्