Logo

आज नेप्से दोहोरो अंकले बढ्दा ५ अर्बको कारोबार



काठमाडौं, २८ बैशाख । साताको कारोबारको तेस्रो दिन आज शेयरबजार २७ दशमलव ४७ अंकले उकालो लागेको हो । नेप्से १ दशमलव ०४ प्रतिशतले बढेर आज २७ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेर ४७८ दशमलव २४ विन्दुमा पुगेको हो ।

आज २२० कम्पनीको ६२ हजार ६५९ पटक कारोबार भएर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्