Logo

नेपाल पुनर्बीमा सहित आज यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २८ बैशाख । आज २२० कम्पनीको ६२ हजार ६५९ पटक कारोबार भएर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद विक्रि भएको छ ।

सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको छ । आज कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको १५ सय ६८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

त्यस्तै, मंगलबार आज अपि पावरको २० करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ । ३५४ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको नेप्सेले जनाएको छ । शिवम सिमेन्टको १६ करोड २२ लाख भन्दा धेरैको कारोबार भएको छ । हाइड्रो इलेक्ट्रिसीटि एण्ड डेभलपमेन्टको १५ करोड ९७ लाख भन्दा बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्