Logo

वाइसिएलका पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि, घटना हिन्दु समितिका सागर थापासँग सम्बन्धित रहेको खुल्यो



काठमाडौं, २८ वैशाख । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का पूर्वअध्यक्ष सागर थापा पक्राउ नपरेको पुष्टि भएको छ । सागर थापा थापा नामकै अर्का व्यक्तिको भने बौद्ध प्रहरीमा एउटा घटनासम्बन्धी उजूरी पुगेको बुझिएको छ ।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापासम्बन्धी घटना बौद्ध प्रहरीमा पुगेको हो । सागर थापालाई जेनिसा बोहरा भन्ने महिलाले आक्रमणको प्रयास गरेको र उजूरी गरेको बुझिएको छ । थापाले जेनिसा बोहराविरुद्ध गाली गलौजसम्बन्धी उजुरी गरेका थिए । जेनिसाले उनलाई धम्कीसहितको सन्देशहरु मोबाइलमा पठाएपछि २६ वैशाखमा उजुरी गरेको थापाले बताए ।

थापाको उजुरीपछि बोहराले केही व्यक्तिहरु लिएर चावहिल भत्केको पुलस्थित घरमा आक्रमण गरेको बुझिएको छ । २७ वैशाखमा आक्रमण भएपछि सागर थापाले महानगरीय प्रहरी वृत्त गौशालालाई मौखिक जानकारी गराएको र आज उजुरी गर्न पुगेका छन् ।

यसैगरी, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापासँग सम्बन्धित खबर हुनुपर्नेमा वाइसिएलका पूर्वअध्यक्ष सागर थापा पर्न गएकोमा रिपोर्टर्स नेपाल क्षमाप्रार्थी छ । थापालाई पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै क्षमायाचना समेत व्यक्त गर्दछ ।



प्रतिक्रिया दिनुहोस्