Logo

कालीमाटी तरकारी बजार आजदेखि बन्द



काठमाडौं, २८ बैशाख । कालीमाटी तरकारी बजार आजदेखि बन्द हुने भएको छ । काठमाडौंं उपत्यकामा कोरोना संक्रमणदर तिव्ररुपमा बढ्दै गएपछि कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले लकडाउन अवधिभरका लागि आज देखि बन्द गरेको हो ।

समितिले आज एक सुचना प्रकाशित गर्दै कृषक बजार बन्द गरेको जानकारी दिएको हो । समितिले जारी गरेको सुचनामा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयअनुसार लकडाउन अवधिभर कालीमाटी बजार समितिले तरकारी तथा फलफुल पसल बन्द रहनेछ ।’

आजदेखि लागु हुने गरी कृषक बजार, बैशाख २९ गतेदेखि थोक खुद्रा कारोबार र बैशाख ३० गतेदेखि लागु हुनेगरी खुद्रा बजार बन्द गर्ने निर्णय पनि गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्