Logo

कांग्रेसको ज्येष्ठ राजनितिज्ञ सभामा बानियाँ नियुक्त



काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेस ज्येष्ठ राजनितिज्ञ सभामा प्रेम बहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रिय कार्यालयले तनहुँका ने.का.का पुराना नेता बानियाँलार्ई ज्येष्ठ राजनितिज्ञ सभामा नियुक्त गरेको हो ।

बानियाँले नेपालको लोकतन्त्र आन्दोलनमा दुःख–कष्ट सहेर अत्यन्त कठिन र प्रतिकुल समयमा समेत राष्ट्रियता, लोकतन्त्र र समाजवादका पक्षमा अविच्छिन्न संलग्न भई गरेको योगदानको कदर गरेको पनि नियुक्ति पत्रमा उल्लेख गरिएको छ ।

कांग्रेसका सभापति शेर बहादुर देउवाद्वारा हस्ताक्षर गरिएको नियुक्ति पत्रमा भनिएको छ, ‘ लोकतान्त्रिक आयाममा सक्रिय हुँदा धेरै अग्रज र साथीहरु सहिद हुनुभयो, धेरैले घरबार तथा श्रीसम्पत्ति गुमाउनु भयो र धेरै विस्थापित समेत हुनुभयो, तथापि यहाँहरु जस्ता प्रतिवद्व र सर्मपित योद्वाको निरन्तर सहयात्राले नेपाली कांग्रेस पार्टी जिवन्त छ ।’

 



प्रतिक्रिया दिनुहोस्