Logo

पूर्व रानी कोमलको स्वास्थ्य सुधार



काठमाडौँ, २८ वैशाख: पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष ( आइसियू) बाट श्यया सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्व रानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए । उनका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा शाह कोरोना सङ्क्रमणमुक्त भएका छन् । उनीहरु तीनै जनाको पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।

उनीहरु कोरोनासङ्क्रमित भएपछि अस्पताल भर्ना भएकी थिइन् । अस्पतालले पूर्व रानीको प्लाज्माथेरापी बिधिबाट उपचार थालिएको थियो । यस्तै सङ्क्रमणमुक्त भएपछि पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्