Logo

नेता खनाल घर फिर्ता



काठमाडौँ, २८ वैशाख: नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना हुनुभएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन् ।

उनी यही वैशाख २६ गते कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए । अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएको जानकारी दिए ।

सङ्क्रमण भएपछि उनलाई शुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो । –रासस/File Photo



प्रतिक्रिया दिनुहोस्