Logo

एमाले सांसद पशुपति चौलागाईंको निधन



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का नेता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएर मनमोहन अस्पतालमा उपचार गराईरहेको अवस्थामा उनको आज साँझ निधन भएको हो । चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्वमन्त्रीसमेत हुन् ।

एमाले नेता विष्णु रिजालले नेता चौलागाईँप्रति श्रद्धाञ्जली दिँदै लेखेका छन्-“लोकप्रिय नेता, वागमती प्रदेशसभाका सदस्य र भद्र व्यक्तित्व पशुपति चौलागाईंको निधनको खबर पत्याउनै सकिरहेको छैन।अस्पताल जानुअघि हामीले एकअर्कालाई कोभिडबाट छिटो सञ्चो हुन शुभकामना दिएका थियौं !पशुपति दाइ, तपाईंप्रति श्रद्धाञ्जली लेख्नुपर्दा औंला काँपिरहेका छन् । परिवारमा समवेदना !”



प्रतिक्रिया दिनुहोस्