Logo

आज यी कम्पनीको शेयरमुल्य समायोजन



काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो ।

नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार भएको अन्तिम कारोबार मुल्य ३५३ रुपैयाँको आधारमा २९६ रुपैयाँ नयाँ मुल्य तोकेको हो । कम्पनीले आज एक दिन बुक क्लोज गर्ने भएको छ । साधारण सभाको मिति नतोकिए पनि आज बुक क्लोज गरेको हो । बैंकको शेयर विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

यसैगरी, एभरेष्ट इन्स्योरेन्सको मंगलबार भएको अन्तिम कारोबार मुल्य ७७८ रुपैयाँको आधारमा ७२० रुपैयाँ नयाँ मुल्य तोकेको छ । इन्स्योरेन्सले पनि जेठ ११ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ आज एक दिन बुक क्लोज गर्ने भएकोले बैशाख २८ (हिजो) सम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot