Logo

निषेधाज्ञाको असर बीमा कम्पनीमा, जेठ १३ गतेसम्म बन्द



काठमाडौं, २९ बैशाख । बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका छन् । मंगलबार उपत्यकाका तीन जिल्लाहरुको प्रमुख जिल्ला अधिकारीहरुको सम्पन्न भएको बैठकले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेपछि सो कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने भएका हुन् ।

बैठकले अत्यावश्यक सेवाका बाहेक सरकारी कार्यालय, संस्थान, बीमा कम्पनीहरुको सेवा प्रवाह स्थगन गर्न र गर्नै पर्ने भए न्युनतम कर्मचारीको उपस्थितिमा संचालन गर्न निर्णय गरेको हो ।

यसैगरी,पार्टी प्यालेसमा विवाह, भोज तथा ब्रतबन्धजस्ता कार्यक्रममा १० जना भन्दा बढी सहभागी हुन रोक लगाउने बैठकले निर्णय गरेको छ । पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउन पाउने व्यवस्था गरेकोमा आजदेखि १० बजेसम्म पसल खोल्न दिने निर्णय गरेको छ । यसैगरी, उपत्यकाभित्रका अत्यावश्यकबाहेक अन्य सबै कार्यालय बन्द गर्ने, निजि निर्माणको लागि सवारी साधन चलाउन नदिने पनि बैठकबाट निर्णय भएको छ ।

उपत्यकामा कोरोना संक्रमणदर तिव्ररुपमा बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा पहिलो पटक बैशाख १६ गतेदेखि एक हप्ताको लागि सरकारले निषेधाज्ञा लागु गरेको थियो । दोस्रोपटक २२ गतेदेखि एक हप्ताको लागि थप गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्