Logo

गोल्डेन पिक नेपालद्धारा गोरखामा स्वास्थ्य सामाग्री वितरण



काठमाडौं, २९ बैशाख । गोल्डेन पिक नेपालले गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त संस्थाले प्रत्येक घरमा पुग्नेगरि एन नाईन्टी फाईभ माक्स, डिटोल सावुन, पञ्जालगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

पछिल्लो समय देशमा कोरोना महामारीको जोखिम बढिरहेको अवस्थालाई मध्यनजर गर्दै संस्थाले उक्त गाउँपालिकाको वडा नम्बर २ का प्रत्येक घरमा पुग्नेगरि स्वास्थ्य–सुरक्षा सामग्री वितरण गरेको हो । संस्थाले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आईरहेको छ ।

सस्थाको कोष र गोल्डेन पिकको मेम्बरबाट आर्थिक संकलन गरेर यो कार्य सम्पन्न भएको जनाईएको छ । साथै, यो महामारी नियन्त्रणमा नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाँईले जन्मदिनमा यस अभियानमा आफ्नो आर्थिक सहयोग गरेका थिए । संस्थाले महामारीमा अझ थप राहत संकलन गरेर कोरोना नियन्त्रणमा सहयोग पुर्याउने सस्थाका सचिव कृष्ण भट्टले जानकारी दिए ।

संस्थाको कोष र गोल्डेन पिकको मेम्बरबाट आर्थिक संकलन गरेर यो कार्य सम्पन्न भएको जनाईएको छ । साथै, यो महामारी नियन्त्रणमा नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाँईले जन्मदिनमा यस अभियानमा आफ्नो आर्थिक सहयोग गरेका थिए । संस्थाले महामारीमा अझ थप राहत संकलन गरेर कोरोना नियन्त्रणमा सहयोग पुर्याउने सस्थाका सचिव कृष्ण भट्टले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्