Logo

डबल मास्क कसरी लगाउने, मास्क लगाउने यी हुन सहि तरीका



एजेन्सी, २९ बैशाख । नेपालमा हाल कोरोना भाइरसको संक्रमणदर बढ्दो छ । भाइरसबाट बच्न मास्कको प्रयोग, सामाजिक दुरी र हात धुनु नै सबैभन्दा महत्वपुर्ण उपाय हुन् ।
पछिल्लो समयमा खोप पनि आएको छ । खोप लगाएपनि कोभिडको नियम राम्रोसँग पालना गर्नुपर्छ ।  तर, मास्क लगाउने क्रममा मानिसहरुले केही गल्ती गरेका हुन्छन् । सायद त्यही गल्तीको कारण धेरै मानिसहरु संक्रमित भएका हुन् ।

यी हुन् मास्क लगाउने सहि तरीका

  • यदि मास्क तल खस्न लागेमा मुखको भागबाट समातेर फेरी लगाउने प्रयास गर्नुहुँदैन । मास्कको दुवैसाइड बा सबैभन्दा माथिल्लो भागबाट लगाउनु पर्छ ।
  • बाहिरबाट आएपछि मास्कलाई घर बाहीर नै फाल्नुपर्छ । भित्र लगेर राख्नु वा झुण्डाउनु हुँदैन ।
  • डबल मास्कले शरीरमा हावा प्रवेश गर्न दिँदैन । सिडिसीको अनुसार सर्जिकल मास्कले कफ पार्टिकल्स ५६.१ प्रतिशत र कपडाको मास्कबाट ५१.४ प्रतिशत सुरक्षित गर्छ ।
  • कहिल्यै पनि दुई सर्जिकल वा कपडाको मास्क एकैपटक लगाउन हुँदैन । यसको सट्टा एउटा सर्जिकल र एउटा कपडाको मास्क लगाउनु पर्छ । यसबाट ८५ प्रतिशत संक्रमणको खतरा कम गर्ने सिडिसीले जनाएको छ ।
  • डबल मास्कको प्रयोग गर्दा सास लिन सहज हुनुपर्छ ।
  • मास्क अलिकति च्यातिएमा प्रयोग गर्नुहुँदैन ।
  • मास्क लगाउदा आफुलाई सास लिन कठिन भएको छ वा सजिलो, त्यसमा ध्यान दिनुपर्छ । यदि सास लिनमा कठिन भएमा हानीकारक हुन्छ ।
  • बहिर जान भन्दा पहिला ५ मिनेट अगाडी घरमा नै मास्क लगाउनु पर्छ, यसो गर्दा स्थिती सामान्य हुन्छ ।
  • डिस्पोजल मास्क एकपटक प्रयोग गरेर फाल्नुपर्छ ।
  • कपडाको मास्क लगाउने हो भने अन्य कपडासँग एकैपटक धुनु हुँदैन ।  Photo- एजेन्सी


प्रतिक्रिया दिनुहोस्