Logo

प्राणायामबाट कसरी बढ्छ अक्सिजन लेवल



एजेन्सी, २८ बैशाख । कोरोना महामारीमा आफ्नो स्वास्थ्यको ध्यान दिनु अत्यन्तै आवश्यक हुन्छ । संकटको समयमा जिम हाउस बन्द भएपछि घरमा त्यसै बस्नु हुँदैन । .पुराना व्यायाम पद्वती योग गरेर दिनचर्या सुरु गर्नुपर्छ । प्राणायामले शरीरलाई धेरै फाइदा गर्छ ।

कोरोना संक्रमित व्यक्तिले विस्तारै–विस्तारै प्राणायम योग गनर््ुपर्छ । प्राणायाममा पनि अनुलोम–विलोम अधिक प्रभावकारी हुन्छ । यसले फोक्सोको क्षमता बढाउछ । यसको साथै नाडी शोधन प्राणायामले पनि फोक्सोलाई धेरै फाइदा गर्छ ।

सबै भन्दा राम्रो प्रणायाम अनुलोम–विलोम नै हो । यसले अक्सिजन लेवल बढाउछ । यस्ले घाटीमा इन्फेक्सन भएमा पनि कफ निकालेर सफा राख्छ । कोरोनाको समसमा मानसिक तनाब कम गर्न भ्रामरी प्राणायम गर्नुपर्छ यस्ले नकरात्मक विचार र तनावलाई कम गर्छ ।

स्वस्थ मानिसले सुर्य भेदी प्रणायाम गर्नपर्छ । यसमा दाहिनेबाट सास लिएर देव्रेतिर छाड्नु पर्छ । त्यसैगरी, देव्रेबाट लिएर दाहिनेतिर छाड्नु पर्छ ।
फोक्सो सफा गर्न कपालभाति र भस्त्रिका प्राणायाम सबैभन्दा राम्रो योग हो । यसबाट फोक्सो धेरै हदसम्म सफा हुन्छ । मुटुको बिरामीले भने डाक्टरको सल्लाह अनुसार गर्नुपर्छ ।

बच्चाहरुको लागि सुर्य नमस्कार प्रणायाम गर्नुपर्छ । सुर्य नमस्कार प्राणायाम गर्दा पुरै शरीरको मसल्स स्ट्रेच हुन्छ । यो बच्चाको लागि सबैभन्दा प्रभावकारी हुन्छ । Photo-एजेन्सी



प्रतिक्रिया दिनुहोस्