Logo

कोरोना भाइरसबाट बच्चालाई जोगाउन यी १० सावधानी अपनाउनु होस्



एजेन्सी, २९ बैशाख । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमण तिव्ररुपमा फैलिएको छ । यसको चपेटाका सबै उमेरसमुहका मानिसहरु परिरहेका छन् । कोरोना महामारी कहिले अन्त्य हुन्छ अथवा यस्ले अझै कति विकराल रुप लिन्छ यसको बारेमा केही थाहा छैन । तर बच्चाहरुलाई सुरक्षित गर्नु अत्यन्तै आवश्यक छ ।

यसरी बच्चालाई संक्रमणबाट बचाउन सकिन्छ ।

  • बच्चालाई सर–सफाईको बारेमा बताउने र सुरक्षित हुनेको टिप्स दिने, आफ्नो कोठा सफा गर्न लगाउने र हाइजिनको बारेमा बताउने ।
  • बच्चामाथि लगातार ध्यान दिने । बालबालिकालाई अलिकति पनि खोकी, कफ तथा चिसो लागेमा सामान्य उपचार सुरु गर्ने । चिसो चिज खान नदिने ।
  • कोभिडको नयाँ लक्षणहरु पेट दुख्ने, वान्ता हुने जस्ता समस्या आएका छन् । यी लक्षणमा ध्यान दिने । यदि बच्चाले आलस्य गर्छन् भने पनि के भयो तत्काल सोध्ने ।
  • बच्चालाई आफुसँग राखेर सुर्य नमस्कार प्राणायाम गर्न लगाउने । यसले प्रतिरक्षा लेवल पनि बढाउँछ । यसको साथै ताकत बढाएर तन्दुरुस्त बनाउछ ।
  • बालबालिकालाई स्वस्थ खानेकुरा र फलफुल खुवाउने ।
  • सेनिटाइजरको सट्टा साबुन पानीले हात धुन लगाउने । हात मुखमा लैजान नदिने । मास्क लगाउन सिकाउने ।
  • बच्चालाई दिमाख खिवाउने खालको गेम, अनलाइन डान्स कक्षा, पजल र कथा पढ्ने जस्ता चिजमा व्यस्त राख्ने ।
  • दिनमा केही समय खुल्ला हावामा लैजाने । विशेष गरी बिहानको समयमा राम्रो हुन्छ ।
  • बाहीरबाट केही सामान ल्याएमा तुरुन्त बच्चालाई छुन नदिने ।   Photo-एजेन्सी


प्रतिक्रिया दिनुहोस्