Logo

मानव रक्षाको लागि यी ६ दिव्य मन्त्र



एजेन्सी, २९ बैशाख । जीवनमा आउने केही प्रकारका संकटको आध्यात्मिक समाधान पनि छन् । प्रत्येक धर्ममा केही यस्ता दिव्य मन्त्र र चमत्कारिक स्त्रोतको बारेमा बर्णन गरिएको छ । जसको पाठ गर्दा हामी संकटबाट बाहीर निस्कन सक्छौ । हामीलाई दैविय शक्तिको सहायता भएमा आत्मबल बढ्छ ।

दिव्य मन्त्रहरु
१ गायत्री मन्त्रः ।। ॐ: स्वः तत्सवितुर्वरेण्य भर्गो धीमहि धियो यो नः पूचोदयात् ।।

यो विश्वकै एक मात्र यस्तो मन्त्र हो जुन ईश्वरप्रति, ईश्वर साक्षी र ईश्वरको लागि हो । यो मन्त्र समस्या समाधानको प्रभावकारी मन्त्र हो । मन्त्र जप्दा शुद्व र पवित्र हुनुपर्छ अन्यथा मन्त्रको उल्टो असर पर्छ ।

२. महामुत्युंजय मन्त्र: ॐब्यम्बकं यजामहे सुगन्धिपुष्टिवद्र्धनम् ।
एर्वारुकमिव बन्धानान्मुत्योमुक्र्षीय मामृतात् । ।

शिवको महामृंत्युजय मन्त्र मृत्यु वा काललाई टाल्ने मन्त्रको रुपमा चिनिन्छ । यसकारण शिवलिंगमा दुध चढाउने, धतुरो चढाउदा यो मन्त्र गुनगुनाउनदा संकट टर्छ । यदि अस्पतालमा घरको कोही बिरामी छ भने यो मन्त्रको साहारा लिनुपर्छ ।

३. श्रीकृष्ण मन्त्रः ॐ श्रीकृष्णाय शरणं मम । या कृष्णाउ वासुदेवाय हरये परमात्मने । प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः ।।
दैनिक यो मन्त्र जप्दा परिवारमा कलहको अन्त हुने । खुसी फर्कन्छ ।

४. शिवमन्त्रः ॐनमः शिवाय ।

यो मन्त्र जप्दा जीवन चिन्ता मुक्त हुन्छ । मन्त्रले जीवनमा शान्ति र आनन्द प्रदान गर्छ । शिवसलंगमा जल वा बेलपत्र चढाउदै शिवमन्त्र जप्दा वा रुद्राक्ष माला जप गर्दा यो मन्त्र गाउनु पर्छ ।

५.राम मन्त्रः रामः रामः रामः…

यो मन्त्र जप गर्दा मनमा शान्ति, चिन्ताबाट मुक्ति पाएर दिमाख शान्त रहन्छ । राम नामको जप सबैभन्दा उत्तम मानिएको छ । यसले सबै नकरात्मक विचारलाई समाप्त पारेर शान्ति भार सञ्चार गराउछ ।

६.हनुमान मन्त्रः ॐ हं हनुमते नमः ।

यो मन्त्र जप गर्दा मनमा भएका घबराहट, डर वा आशंका घट्छ । कसैलाई सफलता र विजय प्राप्त गर्न परेमा निरन्तर यो जप गर्नुपर्छ । यसले आत्मविश्वास बढाउछ । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्