Logo

नेबिसंघको आपत्ति पछि हेलिकोप्टरमा भाडा घट्यो, तोकेभन्दा बढी भाडा असुले कारबाही हुनेः प्राधिकरण



काठमाडौं, २९ बैशाख । नेपाल विद्यार्थी संघको शसक्त बिरोध पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरूलाई महामारीमा जनतासँग बढी भाडा असुल नगर्न निर्देशन दिदै सरकारले तोकेको भाडाभन्दा बढी असुल गरेको पाइए कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्राधिकरणले गुनासो गर्नका लागि छट्टै युनिटसमेत गठन गरेको छ । भाडा बढी लिइएको भन्ने गुनासो आउनेबित्तिकै सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र गरेर बढी भाडा असुल नगर्न निर्देशनसमेत दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिएका छन् ।

नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघ लगाएत विभिन्न संघसंगठनले हेलिकोप्टर कम्पनीहरूले बढी भाडा असुल गरेकोमा शसक्त बिरोध गरेका थिए । मनपरी भाडा आसुलेको सम्बन्धमा ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले गत बैशाख २५ गते प्रेस बिज्ञप्ति मार्फत संक्रमणको महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले ठुलो अत्याचार गरेको, आफैँले तोकेको भाडाभन्दा निर्बाध रुपले दुई–तीन लाख बढी असुली गरिरहँदा सरकार मौन रहेको र जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको वेला पनि हेलिकोप्टर कम्पनीहरूले सर्वसाधारणको ढाड सेकिरहेकोले यस्तो खुलम्खुल्ला कालोबजारी ब्याप्त रहँदा सरकारले के हेरिरहेको छ भन्दै आपत्ति जनाएका थिए ।

साथै महामन्त्री तिमल्सिनाले यो अबस्थामा सक्नेले भनेजति तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने र नसक्ने उपचार नपाएर मर्ने दिन आएकोले सामान्य अवस्थामा हेलिकप्टर चार्टरको भाडा सामान्य रहन्छ तर, यस्तो विपद्को बेला महँगो भाडा असुल्नु कालोबजारी हो भन्दै कालोबजारी ऐन, २०३२ को दफा ३ मा ‘सेवाप्रदायक कुनै पनि संस्थाले २० प्रतिशतभन्दा धेरै नाफा हुने गरी कारोबार गर्न हुँदैन’ भनेको तथ्य सम्झाएका थिए ।

“कसैले ऐन उल्लंघन गरे पाँच वर्षसम्म कैद वा जरिवाना हुने व्यवस्था ऐनमा छ । तर, पर्याप्त नाफा राखेर विमानसेवा सञ्चालक संघले तोकेभन्दा दुई–तीन लाख बढी भाडा लिँदा पनि हेलिकोप्टर कम्पनीमाथि कुनै कारबाही भएको छैन यसलेनागरिकको उपचारबाट पन्छिएको सरकार अनुगमनको जिम्मेवारीबाट पनि अलग भएको छ भने सिटी बसले दुई रुपैयाँ भाडा असुली गर्दा स्वाभाविक कारबाहीमा उत्रिने सरकार हेलिकोप्टर कम्पनी आफैँले तोकेभन्दा दुई–तीन लाख बढी भाडा असुल्दा मूकदर्शक बन्नुले सरकारी सम्लग्नता र संरक्षण पुष्टी गरेको छ ।“ तिमल्सिनाले बिरोध जनाएका थिए ।

संघको दबाब पश्चात हवाइ सेवाको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्न नसकेको आरोप लागिरहेका वेला येस्तो निर्देशन दिएको हो ।
‘सरकारले ०७२ चैत ७ को मन्त्रीस्तरीय निर्णयअनुसार तोकेको भाडाभन्दा बढी असुल नगर्न भनेका छौँ,’ महानिर्देशक राजनपोखरेलले भने । सरकारले ०७२ सालमा ए३५० सिरिज तथा बेल २०६ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानको बढीमा १ हजार ५ सय डलर लिने पाउने गरी भाडा तोकेको थियो । नेपालमा अधिकांश हेलिकोप्टर कम्पनीसँग सोही सिरिजका हेलिकोप्टर रहेका छन् । त्यस्तै, आर४४ हेलिकोप्टरका लागि प्रतिघन्टा उडानका लागि १ हजार डलर तोकिएको थियो । एमआई १७ का लागि भने प्रतिघन्टा ६ हजार डलर तोकिएको थियो ।
‘हामीले अहिले सहुलियत दरमै उडान गर्न निर्देशन दिएका छौँ, निर्देशन पछि कम्पनीहरूले सरकारले तोकेको भन्दा पनि कम १ हजार २ सय डलर प्रतिघन्टा उडान गर्ने प्रतिबद्धता जनाएका छन्,’ पोखरेलले भने ।

वायुसेवा सञ्चालक संघ (आयोन) ले पनि महामारीमा सहुलियतमा उडान गर्न सार्वजनिक अपिल गरेको छ । सो सम्बन्धमा कुनै किसिमको गुनासो भए प्राधिकरणको देहायका पदाधिकारीलाई सम्पर्क गर्नसमेत सबैमा अनुरोध गरेको छ ।

सम्पर्क व्यक्तिः ज्ञानेन्द्र भुल,
उपप्रबन्धक, उडान अनुमति शाखा सम्पर्क नं: ९८५११३५०९१
कोभिड उद्धार उडान गर्ने कम्पनी एवम् आधिकारिक व्यक्तिहरूको सम्पर्क नं

१. अल्टिच्युड एयर प्रालि ९९८०१२४९९१७, ९८०१२४९९०७, ०१–४४८९३०००
२. हेली एभरेष्ट प्रालि ९९८४१५५७५०९, ९८१३२४०१३९, ०१–४११३०३६०
३. कैलाश हेलिकोप्टर प्रालि ९९८५१०३००१३, ९८५११२९२५४, ०१–५९००५०१०
४. मनाङ एयर प्रालि ९९८०११८०४६२, ९८०११८०४६३, ०१–४४८८०१६०
५. श्री एयरलाइन्स प्रालि ९९८५१०२६१९७, ९८०२३०००२३, ९८५१०१२५०५०
६. सिम्रिक एयर प्रालि ९९८५१०१०६९६, ९८५१०१०६९८, ०१–४१५५३४०० गुनासो तथा अन्य जानकारीका लागि (सम्पर्क व्यक्ति) सङ्घका प्रवक्ता योगराज कँडेल शर्मा सम्पर्क नं ९८५१०२९३३३ तोकिएको पनि कम्पनीले जनाएको छ ।

प्राधिकरणको यो निर्णय पछि महामारीमा नागरिकको पक्षमा आफुले उठाएको जायज मुद्दा सम्बोधन गरेकोमा प्रशन्नता ब्यक्त गर्दै ने.बि.संघका महामन्त्री बलदेब तिमल्सिनाले निरन्तर थप अनुगमन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराउदै बढी भाडा नतिराउन पनि सबै सेवाप्रदायकहरु प्रति अपिल गरेका छन ।

 

 

 



प्रतिक्रिया दिनुहोस्