Logo

अमेरिकाले लगायो आफ्ना नागरिकलाई नेपाल भ्रमणमा रोक



वैशाख २९, काठमाण्डौ । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो । कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनिएको छ । अमेरिकाको विदेश मन्त्रालयले नेपाललाई लेभल फोरमा अर्थात् भ्रमण नगर्न सुझाव दिने देशको सूचीमा राखेको छ । नेपालले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिसकेको छ । यस्तोमा नेपालस्थित अमेरिकी दूतावासले सरकारसँग नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टर्ड विमानको सहयोगमा अमेरिका लैजाने प्रस्ताव गरेको छ ।

तर, यस विषयमा सरकारले कुनै जवाफ नदिएको दूतावासले बताएको छ । यसअघि आफ्नो घर फर्किनको लागि नाम दर्ता नगराएका मानिसले आफ्नो नाम दर्ता गराउन दूतावासले आग्रह गरेको छ । सरकारले अनुमति दिएको अवस्थामा दूतावासले अमेरिकी नागरिकहरुलाई यस विषयमा जानकारी उपलब्ध गराउने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्