Logo

होटलबाट २५ जुवाडे पक्राउ



काठमाडौं, २९ बैशाख । तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । काठमाडौं–१६ सोह्रखुट्टे, बहतीपोखरी बस्ने ४९ वर्षीय पिताम्वर गौतमको सोही ठाउँस्थित फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतम समेत २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेल भित्र तास खेलिरहको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाईन सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot