निषेधाज्ञामा लुकेर तास खेल्दा…


नवलपरासी (पूर्व), २९ बैशाख । तास खेलिरहेको अवस्थामा ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिका–८ भाग्राबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण बहादुर तामाङ समेत ७ जना पक्राउ परेका हुन् ।

उक्त ठाउँमा तास खेलिरेहको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।