बन्दिपुर गाउँपालिका उपाध्यक्ष गुरुङको गाडी एम्बुलेन्सको रुपमा प्रयोग


वैशाख २९, तनहुँ । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले प्रयोग गर्दै आएको गाडि एम्बुलेन्सको रुपमा प्रयोग हुने भएको छ । कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि उपाध्यक्षले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी हुन् ।

बन्दिपुर गाउँपालिकाका जनताले एम्बुलेन्स नपाएर समस्या भोग्न नपरोस भनेर आफूले यो निर्णय गरेको गुरुङले बताएकी छिन् । गाउँपालिकामा पुरानो एउटा मात्रै एम्बुलेन्स छ । आर्थिक वर्ष २०७७/२०७८ को बजेटले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेर दुई पटकसम्म खरिद गर्नको लागि सुचना प्रकासित हुदा पनि बिभिन्न प्राबिधिक कठिनाइले गर्दा खरिद गर्न नसकिएपछि तत्कालका लागि आफूले गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको गुरुङले जानकारी दिइन् ।

उपाध्यक्ष करुणा गुरुङले प्रयोग गर्दै आएको गाडि

कोरोना सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले बन्दिपुर अस्पतालमा १५ शैयाको आइसोलेशन बेडसमेत तयार पारेको छ । आइसोलेशनमा उपचाररत संक्रतिमका लागि आवश्यक अक्सिजनको पनि व्यवस्था गरिएको गुरुङले जानकारी दिइन् ।

पछिल्लो समय अन्य विभिन्न स्थानीय तहका निर्वाचित प्रतिनिधीहरुले आफूले चढ्दै आएको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेका छन् । यसघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउने निर्णय गरेका थिए ।

पछिल्ला दिनमा देशैभर कोरोना संक्रमितको संख्या बढेपछि उपचारका लागि अस्पतालको बेड, अक्सिजनदेखि एम्बुलेन्सम्म अभाव चुलिदै गएको छ ।

Skip This

Omoda E5 Pro