Logo

बाबुरामको निवासमा महन्थ ठाकुर, प्रधानमन्त्रीको रुपमा ठाकुरलाई अघि सार्ने तयारी



काठमाडौं, २९ बैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । डा. भट्टराईको निवासमा भर्खरै दुई नेताबीच छलफल सुरु भएको हो । जसपाका नेता राजकिशोर यादवले दिएको जानकारीअनुसार वैकल्पिक सरकारको नेतृत्व जसपाले नै लिनेगरि दुई नेताबीच छलफल सुरु भएको हो ।

यसअघि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्ता लगत्तै ठाकुर र राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्न पुगेका थिए । शितलनिवासको भेटवार्ता सकेर ठाकुर सिधै भट्टराई निवास पुगेका हुन् । आज विहान डा. भट्टराईले सबै दलको सहभागितामा र वर्तमान र पूर्व प्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । बाबुरामको उक्त प्रस्तावले पनि ठाकुर सरकारका नेतृत्व लिनेगरि हौसिएका छन् ।

 

बाबुरामको प्रस्ताव यस्तो थियो :

देशको संकट हल गर्न यसो गरौं:१.धारा७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव!



प्रतिक्रिया दिनुहोस्