Logo

सामान्य अंकले नेप्से बढ्दा कारोबार रकम कति ?



काठमाडौं, २९ बैशाख । आज शेयरबजार सामान्य अंकले बढेको छ । साताको कारोबारको चौथो दिन आज नेप्से ० दशमलव ५६ अंकले बढेर २६ सय ७३ दशमलव ८८ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १४ अंकले बढेर ४७८ दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज सात कम्पनीको उपसमुह बढेका छन भने ६ समुहको नेप्से सुचक घटृेका छन् । आज सबैभन्दा धेरै म्यानुफ्याक्चरिङ तथा प्रोडक्ट उपसमुहको १.७१ प्रतिशत अथवा १००.६६ अंकले सुचक बढेको छ ।

बुधबार नेप्से सुचक अनुसार २१५ कम्पनीको ६२ हजार ९७२ पटक कारोबार भएर ५ अर्ब ३२ करोड ६ लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर खरिद विक्रि भएको छ ।



प्रतिक्रिया दिनुहोस्