Logo

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट



काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । बैंकको शेयरमुल्य प्रतिकित्ता ५७ रुपैयाँले बढेर अन्तिम मुल्य ६२७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आँखुखोला जलविद्युत परियोजनाको लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । कम्पनीको १० प्रतिशतका दरले शेयरमुल्य बढेको हो । परियोजनाको प्रतिकित्ता १७ रुपैयाँले बढेर अन्तिम मुल्य १८७ रुपैयाँ कायम भएको छ ।

यसैगरी, बोटलर्स नेपालका लगानीकर्ताले पनि १० प्रतिशतले कमाएका छन् कम्पनीको शेयरमुल्य १० प्रतिशतले बृद्वी भएको हो । विशाल बजार, रुरु जलविद्यूत, समता लघुवित्त लगायतको ९ प्रतिशत भन्दा बढी सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्