Logo

नेपाल पुनर्बीमा सहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, २९ बैशाख । आज ० दशमलव ५६ अंक अर्थात ० दशमलव ०२ प्रतिशतले शेयरबजार बढेको छ । २१५ कम्पनीको ६२ हजार ९७२ पटक कारोबार भएर ५ अर्ब ३२ करोड ६ लाख ५२ हजार ८०१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार उच्च भएको छ । कम्पनीको ३५ करोड १६ लाख भन्दा बढीको कारोबार भएको हो । कम्पनीको प्रतिकित्ता अन्तिम शेयरमुल्य १५ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एचआईडिसियलको पनि २६ करोड ९५ लाख भन्दा धेरैको कारोबार भएको छ भने प्रतिकित्ता अन्तिम शेयरमुल्य ५४६ रुपैयाँ कायम भएको छ । यसैगरी, अपि पावर कम्पनीको १४ करोड ८४ लाख, सिवम सिमेन्टको १४ करोड ५६ लाख भन्दा धेरैको कारोबा भएको छ।

 



प्रतिक्रिया दिनुहोस्