Logo

पिताको कोरोना संक्रमणबाट मृत्यु भएको १२ घन्टामा बैंकर श्रेष्ठको निधन



काठमाडौं, २९ वैशाख । कोरोना भाइरसको संक्रमणबाट एकजना बैंकरको मृत्यु भएको छ । पिताको कोरोनाबाट मृत्यु भएको १२ घन्टामै बैंकर निरज श्रेष्ठको निधन भएको हो ।

श्रेष्ठ माछापुच्छ्रे बैंकका पूर्व कार्यकारी अधिकृत हुन् । उनको आज विहान ११ बजे निधन भएको हो । उनको पिताको २८ वैशाखको राति ११ बजे निधन भएको हो ।

श्रेष्ठले स्ट्याण्डर्ड चार्टड बैंकबाट ३२ वर्ष अघि बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । उनले देशका प्रतिष्ठित बैंकहरुमा काम गरे ।



प्रतिक्रिया दिनुहोस्