Logo

गण्डकीमा काँग्रेसद्वारा बहुमत पुगेको दाबीसहित मुख्यमन्त्री नियुक्तिको पत्र



काठमाडौं, २९ वैशाख । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको नियुक्तिको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । उनले बहुमत प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाएका हुन् ।

पोखरेलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ गरी कुल ३२ सांसदको साथ रहेको पत्रमा उल्लेख गरेकाछन् ।

मुख्यमन्त्रीको नियुक्तिको पत्र लेखेका पोखरेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त बहुमतको सरकार गठनको विषय उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्