Logo

देउवालाई प्रधानमन्त्री बनाउन हामीले आजै राजीनामा दिन लागेको हो : सरलाकुमारी यादव (भिडिओसहित)



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) की नेतृ तथा सांसद सरलाकुमारी यादवले आफूहरुले सांसद पदबाट आज राजीनामा दिन लागेको पुष्टि गरेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनेकी छिन्-“हामी अस्ति बैशाख २७ गतेको संसद बैठकमा २८ जना गएका थिएनौं । बहिष्कार गरेका थियौं । त्यो सँगै राजीनामा दिनेगरि तयारी गरेका छौं । हस्ताक्षर गरिसक्यौं । हामीले त २८ जनाले नै राजीनामा दिने टार्गेट लिएका छौं । हामीले यो कदम उठाउनु भनेको स्वेच्छाले होईन, यसमा हाम्रो बाध्यता छ । हाम्रो केपी शर्मा ओलीसँग केही दुश्मनी छैन् । उहाँ जुन तरिका अपनाएर अघि बढ्नुभयो, त्यसमा हाम्रो चित्त दुखेको छ । हामी प्रत्यक्ष निर्वाचित २० जना र ८ जना समानूपातिक सांसदले राजीनामा दिन्छौं ।” उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आफुहरुको तयारी भएको पनि जानकारी दिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot