Logo

पल र उषाको यस्तो मायालाई सफलता 



काठमाडौं, ३० बैशाख । गीतकार निशा शर्मा अर्यालको “यस्तो माया” बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमानै गीतलाई यूट्यूबमा २० लाख भन्दा धेरै पटक हेरिएको छ। गीतमा गायक प्रताप दास र गायिका बेनिशा पौडेलको सुमधुर आवाज सुन्न सकिन्छ भने दिपक शर्माले संगीत भरेका छन् ।

बिधान कार्कीले निर्दशन गरेको म्युजिक भिडियोमा नायक पल शाह र मोडल उषा उप्रेती भिडियोमा फिचर्ड छन् । पल र उषाको केमिस्ट्री भिडियोमा गजब देखिएको छ।  म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, विकाश दाहालको सम्पादन ,नन्दा अधिकारिको मेकअप समाबेस रहेको छ। गीतकार अर्याल यतिबेला अर्को नयाँ गीत जे भयो ठिकै भयो बजारमा ल्याउने तयारीमा छिन।  जहाँ दिपक शर्माको संगीत ,रामककृष्ण ढकालको स्वर सुन्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस्