Logo

कांग्रेसको नेतृत्वमा सरकार बन्छ त ? यसो भन्छन् कांग्रेस र जसपाका नेताहरु (भिडिओसहित)



काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिपक खड्काले वर्तमान सरकारबाट देश चल्न नसक्ने दाबी गरेका छन् । अब कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने उनको जोड छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै जसपाले एकमतले कांग्रेसको नेतृत्वमा सरकार गठनको लागि निर्णय गर्ने खड्काले विश्वास दिलाए । कांग्रेस र जसपाका शीर्ष नेताहरुबीच छलफल भैरहेको पनि उनले सुनाए । उनले पार्टी सभापति देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । उनले अरु पार्टी फुटाउने काममा कांग्रेस कहिल्यैपनि संलग्न नहुने जिकिर गरे ।

उता, जसपाका नेता सुरेन्द्र झाले भने जसपामा उपेन्द्र यादव बहमुतमा रहेको भन्ने दाबीमा कुनै सत्यता नभएको जिकिर गरे । उनले आफ्नो पार्टीले कसलाई सघाउने भन्दापनि देशको समस्या समाधान गर्नेतिर ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे । उनले एमाले संसदमा सबभन्दा ठूलो दल भएकोले निषेध गरेर जान नहुने धारणा राखे । सरकार आफूहरुको प्राथमिकतामा नरहेको पनि उनको जिकिर छ । हेरौं कांग्रेस नेता खड्का र जसपाका नेता झासँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ:



प्रतिक्रिया दिनुहोस्