Logo

श्रेष्ठको टिप्पणी : यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो



काठमाडौं, ३० बैशाख । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको गैरजिम्मेवारी र नालायकीको हद भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमर्फत नेता श्रेष्ठले यस्तो बताएका हुन् । उनले भनेका छन्-‘आइसियु र भेन्लिेटरको कुरा छाडौं । अक्सिजन नपाएर कोभिड विरामी हेर्दा हेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवम् नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रँदै कराईरहेका छन् ।’

यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेकाछन् ।राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामी हरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारी बाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डाड्ड संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।यसरी गर्न सक्ने काम पनि नगरी जनता ूमारेरू बस्न कसरी सकेको छ सरकाररु यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मी हरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ( आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।



प्रतिक्रिया दिनुहोस्