Logo

माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याममाथिको निलम्बन कारबाही फुकुवा



काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ। बालुवाटारमा भर्खरै सम्पन्न बैठकले यसअघि ६ महिनाका लागि निलम्बन गरिएका नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथिको कारबाही फुकुवा गरेको छ ।

२०७५ जेठ २ मा फर्कन ओली तयार, राजीनामा रोक्न बालुवाटारको सन्देश !

त्यस्तै, नेपाल पक्षसँग वार्ता तथा सहमति गर्ने अधिकार पनि आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको बेलामा अध्यक्ष ओलीले चार नेताहरुमाथिको यसअघिको निलम्बन कारबाही फुकुवा गरेर थप वार्ता तथा सहमतिको ढोका खोलेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्